इलाममा सिङ्गो गाउँ नै काँग्रेसमा प्रवेश, नेता खड्काले गरे स्वागत

  नयाँ बुलन्द
21 Shares

इलाम : इलाम नगरपालिका १० गोदकका दर्जौनौ नेता कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रको एउटा गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको हाे ।  इलाम नगरपालिका १० गोदक मालबासेमा  सोमबार नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको  सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा २८ घरका १२८ बडि काँग्रेसमा प्रवेश गरेका हुन । नवप्रवेशीहरुमा नेकपाका नेता देखी कार्यकर्ताहरु रहेका छन । सिङ्गो गाउँका नेकपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नु धेरै खुशीको कुरा भएको काँग्रेस नेताहरुको भनाइ छ ।


नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका युवा नेता तथा महाधिबेशन प्रतिनिधि डम्बर खड्कालेले स्वागत गरेका थिए । कांग्रेस प्रवेश गर्दै उनीहरुले नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले एकलौटी गरेको, भ्रष्टाचार तथा बेरुजु बढाएको, विकासको प्रत्यक्ष अनुभूति नभएको आरोप लगाउँदै मुलुकमा एक मात्र आशा र भरोसा भएको लोकतान्त्रिक पार्टी काँग्रेस भएकाले नेकपा परित्याग गरेको बताएका छन् ।

नवप्रवेशीलाई स्वागत गर्दै काँग्रेस नेता खड्काले जुन आशा र भरोसाका साथ कांग्रेसमा प्रवेश भएको छ त्यसलाई टुट्न नदिने प्रतिबद्धता जनाएका छन् । आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दावी गर्दै लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भूमिका निर्वाह गरेकाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने उनको तर्क छ ।

 

न्यानो सिरक बितरण

यस्तै सोही अवसरमा कांग्रेस नेता खड्काले २० बडी दुखी गरीबलाई जाडोमा न्यानो सिरक बितरण गरेका छ्न । उनले सबैलाई एक एक थान फाईबर सिरक बितरण गरेका हुन । खड्काले जाडो याममा कोहीपनी चोसोका कारण समस्यामा नपरुन भनेर आफुले फाईबर सिरक बितरण गरेको बताएका छन ।


१० बडी जेष्ठ नागरिक सम्मनित

यस्तै सोही अवसरमा १० बडी जेष्ठ नागरिक सम्मनित भएका छन । जेष्ठ नागरिकहरुले कांग्रेस पार्टीलाई गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार