युद्धबहादुर बोहोरा
पाँचथर :फाल्गुनन्द गाउँपालिकामा दीर्घकालीन विकास तथा समृद्धिको लागि योजना तर्जुमा सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ।
सिमसार संरक्षण विकास संस्था चिलिङ्देन पाँचथरद्वारा आयोजित तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा गोष्ठी संचालन भएको हो। संस्थाका अध्यक्ष रामकुमार नेम्वाङको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ द्वारा गोष्ठीको उद्घाटन गरिएको थियो भने उपाध्यक्ष देवित्रा आङ्देम्बेको प्रमुख आतिथ्यमा प्रशिक्षण सम्पन्न भएको थियो।
अनुसन्धान तथा विकास परामर्शसेवा दाता पूर्णबहादुर चेम्जोङले गोष्ठीको सहजीकरण गरेका थिए। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले यस प्रशिक्षणबाट आगामी योजनाहरु तर्जुमा गर्दा बैज्ञानिक नयाँ ढंगले र पारदर्शीताका साथमा सबैको चित्तबुझ्दो हुने बताए। सबै वडाका प्रतिनिधिको सहभागीताले समृद्धि गाउँपालिका निर्माणमा सहज हुने र त्यस तर्फ अघि बढ्न सकिने उनको भनाइ छ।
त्यस्तै, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष देवित्रा आङ्देम्बेले समापनमा तालिमको उपलब्धि र कार्यान्वयन गर्न सबै प्रतिनिधिलाई सजग गराइन्। गोष्ठीमा प्रशिक्षले लामो समयसम्म नेपाल सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजना र एन्जिओ,आइएन्जिओमा गरेका अनुभव सहित अन्तरक्रियात्म बिधिबाट प्रशिक्ष गरे। सुशासनलाई प्राथमिकतामा राख्दै भ्रष्टाचार शुन्य बनाउन गोष्ठीमा विद्यमान अवस्थाको बिश्लेषण,योजना/ परियोजनाको सबल पक्ष,कम्जोर पक्ष,अवसर र चुनौती/बाधा,अड्चन (SWOT/C) को बिश्लेषण गर्नुपर्ने सुत्रको बारे प्रशिक्षण दिए। योजनाको प्राथमिकिकरण गर्ने जोडा स्तरीयकरणको विधि प्रशिक्षण गराउँदै योजनाको अनुगमन,मुल्यांकन गर्दै प्रभाव र असर कसरी हेर्ने बारे बताए।
नयाँ संरचना भएपनि पुरानो नेतृत्वको पुरानै शैली र नयाँ नेतृत्वको अभ्यासले समस्य आएको छ अब सबैले बुझ्नुपर्ने कुरा नेतृत्व भनेको एक चालक हो दुर्घटना गराउने र बचाउने सम्पुर्ण जिम्मेवारी उसैमा निहित रहेको प्रशिक्षण बताए। स्थानीय सरकारले बजेट विनियोजन गर्दा संविधानको अनुसूची -८ र ९ को परिधिभित्र रहेर बनाउन र केन्द्रि निर्देशिका पालना गर्न सुझाव दिए।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मुकुम नेम्बाङ,पत्रकार युद्धबहादुर बोहोरा,सचिव निर्मल अधिकारी,वडा अध्यक्ष नारायण प्रसाद आङ्देम्बे लगायतले गोष्ठी आयोजक,आर्थिक सहयोगदाता फाल्गुनन्द गाउँपालिका र प्रशिक्षक चेम्जोङलाई विशेष धन्यवाद सहित मन्तव्य राखेका थिए।
सात वडाका अध्यक्ष,सचिव,शिक्षक,बुद्धिजीवी,वित्तीय संस्थाका प्रतिनिधि ,पत्रकार सहित ४० जना सहभागीहरुको उपस्थिति थियो। उद्घाटन तथा समापन कार्यक्रम संस्थाका कोषाध्यक्ष टीका नेम्वाङले संचालन गरेका थिए।


















































