फाकफोकथुममा चट्याङ लागेर गाई मर्यो, ८० हजार बराबरको नोक्सानी

  युद्धबहादुर बोहोरा
238 Shares

इलाम: फाकफोकथुम गाउँपालिका–२ फलाटेमा चट्याङ लागेर एक गाई मरेको छ। वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण स्थानीय महन बहादुर राईको गाईगोठमा रहेको गाईको मृत्यु भएको हो । बुधबार राति परेको वर्षासँगै आएको चट्याङले राईको घरदेखि करिब १० मिटर पूर्वतर्फ रहेको बाँसको खाँबा र टिनको छाना भएको एकतले गाईगोठमा क्षति पुर्‍याएको थियो। सोही क्रममा गोठमा बाँधिएको गाई मरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी चैत २६ गते बिहान करिब १०:०५ बजे प्रहरी चौकी आमचोकमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनाबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार