
इलाम । इलाममा १०७ वर्षीया एक वृद्धाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ।
चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आधारभूत विद्यालय मतदान केन्द्रमा १०७ वर्षीया विष्णुमाया बानियाँले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
उहाँको उत्साहपूर्ण सहभागिताले मतदान केन्द्रमा उपस्थित मतदाताहरूलाई समेत प्रेरित गरेको बताइएको छ।



















































