अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा विद्युत अवरोध

  युद्धबहादुर बोहोरा
245 Shares

 

 

इलाम: अविरल वर्षाका कारण इलामको सन्दकपुर, कन्याम फिडरलगायत नेपालटार–राँके खण्डमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम, देउमाई र इलाम पाँचथर सिमाना क्षेत्रमा हाल विद्युत अवरुद्ध छ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका कार्यालय प्रमुख बिजुली प्रसाद यादवका अनुसार केही स्थानमा साना–साना प्रविधिक समस्या देखिएको र त्यसका कारण विद्युत सञ्चालनमा समस्या आएको हो ।

उनका अनुसार हाल मर्मत कार्य जारी रहेको छ तर लगातारको वर्षाले मर्मतमा कठिनाइ भइरहेको छ । “हालसम्म ठुलो क्षति भएको छैन, मौसम अनुकूल भएसँगै मर्मत सम्पन्न गरी विद्युत सेवा सुचारु गरिनेछ,” यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार