जेनजी आन्दोलन : चुलाचुलीमा सम्पत्ति सुरक्षित, साझा विषयमा एकजुट रहेको अध्यक्ष केरुङको दावी

इलाम : इलामको चुलाचुली गाउँपालिकाले हालको विषम परिस्थितिमा पनि गाउँपालिकाभित्र सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा गाउँपालिकाको सम्पत्ति र दस्तावेजहरू सुरक्षित रहेको जनाएको छ ।

चुलाचुलीवासी सधैं साझा विषयमा एकजुट रहँदै आएको र आगामी दिनमा पनि त्यस्तै एकता कायम रहने विश्वास व्यक्त गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‍

‘चुलाचुलीका राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी, किसान, स्थानीय युवा पुस्ता, जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहयोग र एकताका कारण कुनै पनि आगजनी, लुटपाट, हत्याहिंसा, चोरी, ढकेटी वा झगडाझैँ घटना भएका छैनन्,’ अध्यक्ष केरङले नयाँ बुलन्दसँग भने ।

स्थानीय सरकारको जिम्मेवारी र नेतृत्व सकारात्मक रूपमा अघि बढेको र यसले परिस्थिति नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष केरुङले बताउनुभयो ।

अध्यक्ष केरुङले यस अभियानमा साथ दिने सम्पूर्ण चुलाचुलीवासीलाई गाउँपालिकाले धन्यवाद समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार