माङसेबुङ गाउँपालिका-४ मा महिला उद्घोषण तालिम सुरु

  नयाँ बुलन्द
105 Shares

इलाम : माङसेबुङ गाउँपालिका वडा नं. ४ मा बिहीबारबाट महिला उद्घोषण तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम सुरु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरी आजबाट तालिम सुरु भएको हो । तालिमको उद्धघाटन गर्दै वडाध्यक्ष लिम्बुले यस तालिमले महिलाहरुको क्षमता विकाशमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरे । आफु वडाअध्यक्ष निर्वाचित भएदेखी नै महिलाहरुको क्षमता विकाश र सिप विकाशका कार्यक्रमहरु निरन्तर रुपमा संञ्चालन गरिरहेको उहाँले बताए ।

माङसेबुङ गाउँपालिका वडा नं. ४ कार्यलयको हलमा आजबाट सुरु भएको तालिम तिन दिनसम्म चल्नेछ ।

कार्यक्रमको पहिलो दिन तालिमको औपचारीक उद्धघाटनसंगै संचारकर्मी नितेश राईले उद्घोषणको अर्थ, उद्घोषण तालिमको आवश्यक्ता र औचित्यको बारेमा प्रशिक्षण प्रदान गरे ।

दोस्रो दिन संचारकर्मी भुमिका फियाक सुब्बाले तालिममा प्रशिक्षण प्रदान गर्ने तालिका रहेको छ । सुब्बाले औपचारीक तथा अनौपचारीक कार्यक्रम, स्टेज कार्यक्रमको बारेमा प्रशिक्षण दिनेछिन् ।

त्यस्तै तेस्रो दिन तालिममा इलामका चर्चित पत्रकार राम योङहाङले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । योङहाङले ग्रामिण भेगका महिलाहरुलाई उद्घोषण तालिमको आवश्यक्ता र यसको उपयोगिताको बारेमा प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार