फाकफोकथुमको बजेट ५६ करोड ४९ लाख

  नयाँ बुलन्द
462 Shares

फाकफोकथुम : फाकफोकथुम गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि  ५६ करोड ४९ लाख ८६ हजार ५ सय ७३ रुपैयाँको बजेट विनियोजन भएको छ  । गाउँपालिकाको १८ औ अधिवेसनमा उपाध्यक्ष कल्पना राईले पेस गरेको उक्त बजेट पारित भएको हो ।

पालिकाको आन्तरिक आयबाट १ करोड ११ लाख १५ हजार ५ सय रुपैयाँ अनुमान गरेको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त  ७ करोड ८७ लाख ९५ हजार ५ सय ७३, संघीय समानिकरण बापत  ९ करोड ५५ लाख, संघीय सशर्त अनुदानबाट  २७ करोड ४५ लाख, संघीय विशेष अनुदान ६९ लाख रहेको उपात्तयक्ष राईले बताइन ।

संघीय समपुरक अनुदान  ३ करोड ७२ लाख प्राप्त भएको छ भने प्रदेश सशर्त अनुदानबाट  १ करोड ५५ लाख ६१ हजार, समपुरकबाट  १ करोड ४० लाख, समानीकरणबाट  ८६ लाख ७५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट  ७६ लाख ५५ हजार अनुमान रहेको उपाध्यक्ष राईले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार