सप्तमीमा करेन्ट लागेर एकजनाको मृत्यु

  नयाँ बुलन्द
1.3k Shares

पाँचथरः  मिक्लाजुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिक्लजुङ २ नम्वर वडास्थित सप्तमी बजारमा रहेको सौर्य वायु उर्जामा काम गर्ने प्राविधिक कर्मचारी ४० वर्षीय चन्द्र रैका मगर ( झलेन्द्र) को करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको हो ।

करेन्ट लागेको कारण खुल्न बाँकी  रहेको र यस बारे थप अनुसन्धमा भइरहेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि स्वाथ्य चौकी रवि लगिएको मिक्लाजुङ गाउँपालिकका उपाध्यक्ष सन्तकुमार शेर्माले जानकारी दिए ।-केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार