अनेरास्ववियु चुलाचुलीको तेस्रो अधिवेशन, अध्यक्षमा रोहन फियाक

  नयाँ बुलन्द
147 Shares

इलाम : इलामको चुलाचुलीस्थित अनेरास्ववियु चुलाचुली गाउँ संगठन कमिटीको तेस्रो पालिका अधिवेश सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा चुलाचुली ४ का रोहन फियाक सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा वडा नं. ३ का राजहाङ राई, सचिवमा वडा नं. ५ का उत्सव नेउपाने, दुई सहसचिवमा वडा नं. ६ का कृष्ण श्रेष्ठ र वडा नं. ४ एन्जिना राई सहित १७ सदस्य गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको निवर्तमान अध्यक्ष युनेश नेउपानेले बताए ।

नेकपा एमाले चुलाचुलीको पार्टी कार्यलयमा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा ईलाम जिल्ला ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अवशरमा चुलाचुलीको भुगोलबाट अनेरास्ववियु इलाम जिल्ला कमिटीको २४ औ अधिवेशनमा सहसचिवमा निर्वाचित विहानी राई, जिल्ला सदस्यमा निर्वाचित कुशल भुर्तेल र सन्ध्या राईलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

त्यस्तै गत चैत्र ५ गते सम्पन्न दमक बहुमुखी क्याम्पसको स्ववियूको निर्वाचनमा सदस्यमा निर्वाचित अनेरास्ववियु चुलाचुली गाउँकमिटीका निवर्तमान अध्यक्ष युनेश नेउपाने र एन्जिना राईलाई पनि सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा अनेरास्ववियुका कोशी प्रदेश कमिटी सहसचिव पारश राई सहित जिल्ला सहसचिव शुत्र फागो, विहानी राई, नेकपा एमाले इलाम जिल्ला सहस्य भिम मादेन, एमाले चुलाचुलीका सचिव शन्तोष थाम्सुहाङ, उपसचिव सरु तामाङ लगायतका नेता कार्यकर्ताको उपस्थती रहेको थियो ।

कार्यक्रममा बोल्ने विद्यार्थी नेताहरुले ग्रामिण क्षेत्रका गरिव, मजदुर, किसानका छोराछोरीहरु अझै गुणस्तरीय शिक्षाका साथै उच्च शिक्षाको पहुचमा पुग्न नसकेको भन्दै अभियान चलाउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार