इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा चैत १८ देखि प्रथम तरुण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुण दल माङसेबुङ गाउँ समितिले चतुरे खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागेको तरुण दल माङसेबुङ अध्यक्ष सुनिल राईले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ६० हजार र उपविजेताले नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको फाइनल चैत २५ गते हुनेछ ।