फोनिज इलामको छैटौं जिल्ला अधिवेशन पुस १९ गते इलाममा हुने

  नयाँ बुलन्द
266 Shares

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाम सदरमुकाममा हुने भएको छ ।

सोमबार इलाम सदरमुकाममा फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको बैठकले पुस १९ गते विहान ११ बजे नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, सहसचिव (महिला अनिवार्य) एक र कोषाध्यक्ष एक तथा संस्थागत र अल्पसङ्ख्यकसहित आठ सदस्य निर्वाचित गर्नेछ ।

बैठकले फोनिज इलाम शाखा अन्तर्गत ५१ जनाको सदस्यता नवीकरण गरेको छ । त्यस्तै १२ जनाको नयाँ सदस्यता स्वीकृतिका लागि फोनिज प्रदेश नं. १ समिति समक्ष सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले गत २०८१ मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ इलामको निर्वाचनको समीक्षा गरी निर्वाचनमा विभिन्न पदमा निर्वाचित फोनिजकर्मीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शसभकामना व्यक्त गरेको छ र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार