पाटेनागीको बस्ती नजिकै रेडपाण्डा भेटियाे

होमस्टे (घरबास) पर्यटन प्रवर्द्धन सम्बन्धी तालिम हुदै

  नयाँ बुलन्द
336 Shares

 

इलाम : इलाम जिल्लाको सरदमुकाम नजिकै रहेको इलाम नगरपालिका वडा नं ३ पाटेनागीमा दुर्लभ वन्यजन्तु रेडपाण्डा देखा परेको छ । पाटेनागीको बस्ती नजिकै सोमबार बिहान खोल्सामा पानी खादै गरेको अवस्थामा स्थानियले रेडपाण्डा फेला पारेका हुन ।
पाटेनागीे नजिकैको मानब बस्तीमा द्रोस्रो पटक रेड पाण्डा देखिएको पुर्व बडा अध्यक्ष तिर्थ गुरुङ्खले बताए । गुरुङ्खका अनुशार यस अघि पनि मानब बस्तीमा रेड पाण्डा भेटिएको र त्यसको उद्वार गरि जंगलमा लगेर छोडिएको बताए । रेड पाण्डा मानब बस्ती तिर आउदा कुकुरले शिकार गर्ने खतरा हुने गुरुङकाे भनाई छ ।

रेडपाण्डा देखिएको क्षेत्र इलामको प्रमुख पर्यटकीय गन्तव्य पर्दछ । पाटेनागीलाई इलाम नगरपालिकाले रेडपाण्डा जोन समेत घोषणा गरिसकेको छ । सुन्दर, लजालु र दुर्लब जनावर पाईएपछि यस रुटमा पर्यटकको संख्या बढ्ने इलाम नगर प्रमुख केदार थापाको भनाई छ । थापाले भने, “ अनुशार दुई दिन अघिमात्र पाटेनागी क्षेत्र सँग जोडिएका अन्य पालिकाका प्रमुख एबम् सामुदायीन बन उपभोक्ता समितिका पधादिकारी सँग संयुक्त छलफल गरेको थियौ शोमबार बिहानै रेडपाण्डा भेटियो । अहिले हामी यो क्षेत्रमा र्डपाणको संरक्षण गर्ने गरी काम अगाडी बढाएका छौ । यो स्थानले रेडपाण्डा अवलोकन गर्नकालागि मुख्य पर्यटकीय क्षेत्रको रुपमा पहिचान समेत बनाउदै छ ।”
जिल्ला सदरमुकामबाट १ घण्टाको दुरीमा रहेको यो ठाउँसम्म पुग्न मोटर बसाटोको सुविधा रहेको छ । भने गत इलाम नगरपालिकाको सहयोगमा धमाधम होम स्टेसमेत स्थापना हुदै छ ।

रेडपाण्डा संरक्षण क्षेत्र घोषणा
इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन पाटेनागीलाई रेडपाण्डा संरक्षण क्षेत्र गएको साउनमा घोषणा गरेको हो । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो नगरपालिका पनि हो ।


रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपाण्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका छन् ।

सो क्षेत्रमा रेडपाण्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरुको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ । सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउनबाट रोक लगाउनेछ ।

होमस्टे (घरबास) पर्यटन प्रवर्द्धन सम्बन्धी तालिम
यस्तै पाटेनागीमा होम स्टे (घरबास) पर्यटन प्रवर्द्धनसम्बन्धी तालिमसमेत सुरु भएको छ । पर्यटन कार्यालय काकरभिट्टाको सहयोग तथा इलाम नगरपालिका नगर पर्यटन समितिले तालिम आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै इलाम नगरपालिका प्रमुख केदार थापाले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि इलाम नगरपालिकाकोे सहयोग रहने बताए । घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो ।

इलामकोे मौलिक खाना, इलामवासीको सत्कार र घुम्नका लागि पाटेनागी पुगेका पर्यटकका लागि आकर्षण हुने उनले बताए । ’नगरको वडा नम्बर ३ मा थालिएको कार्यक्रम र यसको सिकाइ इलाम नगर भित्र मात्र नभएर इलला भर विस्तार गर्न सकिन्छ,’ उनले भने “घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’

दुई दिनसम्म सञ्चालन हुन् तालिममा सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख छबिलाल खतिवडाले बताए । उनका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ । त्यसैगरी सफल होम स्टेका व्यावसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र बिदाइ सत्कार, स्थानीय पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको उनले बताए । पाटेनागीँमा ३० जनालाई पर्यटनसम्बन्धी आधारभूत तालिममा सहभागी गराइएको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार