प्रमोदलाई सकुशल घर फर्काउन श्रीमती एलिसाको आग्रह

तीन जना व्यक्तिले बेपत्ता पारेको आरोप

इलाम :  झापा भद्रपुर-७ निवासी एलिसा बुढाथोकी सिटौलाले आफ्‌ना श्रीमान प्रमोद सिटौलालाई विर्तामोडका तीन जना व्यक्तिले बेपत्ता पारेको आरोप लगाउँदै सकुशल घर फकाउन आग्रह गरेकी छिन् ।

प्रभु बैंक विर्तामोड शाखाका सुपरभाइजर पदमा कार्यरत आफ्‌ना श्रीमानलाई टिकाराम नेपाल ‘नेति’, स्वागत नेपाल र तुलसी उप्रेतीले वेपत्ता बनाएको आरोप लगाउँदै प्रमोदलाई सकुशल घर फर्काउन श्रीमती एलिसाको आग्रह छ ।

विर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सिटौला परिवारले बैंकको कारोबारलाई लिएर मान्छे नै बेपत्ता बनाउने कार्य भएको भन्दै सरकारवाला सबैलाई प्रमोदको खोजी गरिदिन परिवारले आग्रह छ ।

गतसाउन १६ गते बैंकमा भएको कारोवारको विषयलाई लिएर नेतिसहित तीन जनाले प्रमोदलाई घरवाट नै अपहरणशैलीमा बिर्तामोड लिएर आएको सिटौला परिवारको दावी छ ।

१६ गते बिहान प्रमोदलाई नेतीले ३४९७ नम्बरको खैरो रंगको कारमा लिएर गएको र सोही दिन १० बजेर १७ मिनेटमा बुहारी एलिसाको नम्बरमा

फोन गर्दै नेतिले धम्कीपूर्ण शैलीमा उल्टै प्रमोद घर आयो भन्दै फोन गरेको आमा पवित्राको भनाइ छ ।

प्रमोदलाई वेपत्ता बनाएको विषयमा जिल्ला प्रहरी कार्यालय झापालाई पटक -पटक आग्रह गर्दा समेत प्रहरीले जाहेरी लिन नमानेको प्रमोदका मामा कृष्ण प्रसाईले बताए। उनले भने- यदि प्रमोदले गल्ती गरेको भए कारवाही हुनुपर्छ तर मानिसलाई बिना कारण वेपत्ता पार्नु त भएन नि ।

वेपत्ता पारिएका भान्जाको खोजी गरिदिन प्रहरीसँग आग्रह गर्दा प्रहरीले निवेदन नै लिन नमान्नु खेद्धनक भएको

उनको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै सिटौला समाजका अध्यक्ष प्रेमप्रकाश सिटौलाले कानूनी राज्यमा दिनदहाडै व्यक्ति वेपत्ता पार्नु र हाम्रो मानिस वेपत्ता बनाइयो भन्दै प्रहरी कहाँ निवेदन लिएर जाँदा निवेदन नै दर्ता नगर्नु आपत्ति जनक विषय भएको बताए ।

पत्रकार समेत रहेका नेतिले श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंक विर्तामोड शाखामा एक करोड १७ लाख रुपैयाँ डिपोजिट गरेको र सो रकम हिनामिना भएको दावी गर्दै आएका छन् ।

तर, प्रभु बैंकले मञ्जुकुमारी नेपालले दावी गरिरहेको रकम मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र इस्टेटमेन्ट अनाधिकृत रहेको जनाउँदै आएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र इस्टेटमेन्ट अनधिकृत एवम् नक्कली रहेको धारणा सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार