देउमाई नगरपालिकाको सामाजिक सुरक्षा एवं संरक्षण सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
35 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको सामाजिक सुरक्षा एवं संरक्षण सम्बन्धी नीति तथा कार्यक्रम :

  • “नगरको चाहाना नागरिकहरुको सुस्वास्थ्यको कामना” भन्ने नारा अनुरुप सामाजिक संस्कारबाट एकल रुपमा रहन बाध्य भएका एकल पुरुषहरुलाई प्रदान गरिदै आएको एकल पुरुष भत्ता तथा ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ।
  • मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • नगरमा रहेका तेस्रो लिङ्गी तथा ४५ वर्ष माथीका अविवाहित महिलालाई समेत सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • नगरपालिका भित्र पहेलो कार्ड प्राप्त अपाङ्गहरुलाई दिइदै आएको भत्तालाई निरन्तरता दिइनेछ।
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका सन्तानलाई रोजगार बोर्डबाट अध्ययन छात्रवृत्ति पाउने अवस्था नभएमा उचित छात्रवृत्ति प्रदान गर्न आवश्यक नीति लिइनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार