इलाम २ को उपचुनावमा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले सुहाङ नेम्वाङलाई उम्मेदवार उठाउने भएको छ ।

स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ  नेम्वाङसहित ६ जनाको नाम सिफारिस भएकोमा पार्टीले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारी दिने अन्यमा बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई लगायत रहेका थिए ।

उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार