राष्ट्रिय भूमि आयोग खारेज

  नयाँ बुलन्द
119 Shares

काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।

श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै भूमी आयोग खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार