क्षमता विकास तालिम सकियो

इलाम : इलामको माई नगरपालिका-९ स्थित बोरुङमा सञ्चालित दुई दिवसीय क्षमता विकास तालिम शनिबार सकिएको छ ।

स्थानीय युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले माम्मा फिपरानी स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सञ्चालित तालिम शनिबार सकिएको हो ।

तालिममा बैठक व्वस्थापन, माइन्युट लेखन, कार्यक्रम निर्माण र सञ्चालन तथा उद्घोषण, भर्पाई र तमसुक लेखनलगायतका विषयमा छलफल भएको थियो । तालिमका सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष एवम् अधिवक्ता राम योङहाङले सहजीकरण गरेका थिए ।

तालिममा बोरुङका २० बढी युवाहरुको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार