पाँचथर : प्रेस मञ्च नेपाल जिल्ला समिति पाँचथरको पुर्नगठन गरिएको छ ।
मंगलबार (आज) फिदिममा एक समारोहको आयोजना गरी उपेन्द्र येक्तेनलाई अध्यक्षमा चयन गरि मञ्चको पुर्न गठन गरिएको हो ।
पुर्न गठित समितीको उपाध्यक्षमा रोहित आङबो, सचिवमा पदम सम्बाहाम्फे, सह–सचिवमा सुशान्त सम्बाहाम्फे र कोषाध्यक्षमा तागेरा तावा सर्वसम्मत चयन भएका हुन ।
मञ्चको जिल्ला समितीको सदस्यहरुमा वुद्ध लिम्वू, रोजा जवेगु, ज्योति वेघा, सेसेमा सुहाङ, उदय नेम्बाङ र पुजा सेवा सर्वसम्मतले चयन भएका छन् । मञ्चको पुर्न गठित समारोह जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य राजेन्द्रकुमार जवेगुको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जवेगु, जनता समाजवादि पार्टि प्रदेश १ का पुर्व सदस्य वुद्धराज लिम्बू, जिल्ला अध्यक्ष लक्ष्मण लावती, जिल्ला उपाध्यक्ष कमलराज नेम्बाङले शुभकामना मन्तव्य राखेका थिए ।