सिद्धिथुम्कामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन

  नयाँ बुलन्द
196 Shares

इलाम : इलामको देउमाई नगरपालिका-७ स्थित सिद्धिथुम्कामा भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ।

खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमा ५८ पिन्ट रगत संकलन भएको प्रधानाध्यापक काजीमान येक्तेनले जानकारी दिए ।।

खान्द्रुङ माविले ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

त्यस्तै ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वार्षिक उत्सवको अवसरमा आयोजना गरेको शिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन, दन्त रोग विशेषज्ञद्वा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क इसिजी र औपधि वितरण भएको थियो ।

आइतबार सुनिता थेगिम, रगुन गुरुङ, राजेश चाम्लिङ, देवी गौतम, कोमल निरौला र रामवीर लिम्बूको साँगीतिक प्रस्तुति रहने कार्यक्रम छ । कार्यक्रमको समापन देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोख्रेल गर्ने तय गरिएको प्रधानाध्यापक येक्तेनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार