चुलाचुलीका चार विद्यालयमा लिम्बू भाषा पठनपाठन 

  नयाँ बुलन्द
168 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको छ ।

चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं। ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख राम मिश्रले जानकारी दिए ।

गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक-एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार