भ्वाइस जिताएकोमा इलाम पुगेर धन्यवाद दिइन् मिलन नेवारले

 

इलाम : द भ्वाइस अफ नेपालको पाँचौ संस्करणबाट बिजेता बन्न सफल टिम मिलनबाट मिलन नेवारले इलाम पुगेर धन्यवाद दिएकी छन् ।

बिजेता बन्न सफल बिनोद राई इलामकै छोरा भएको र इलामकै मायाले त्यो ताज हासिल गर्न सफल भएको उनले ब्यक्त गरिन् ।

बिहीबार आफ्ना दर्जनौ सांगीतिक कोसेली लिएर इलामको चुलाचुलीस्थित ऐना पोखरी महोत्सव २०८० मा आएकी मिलनले करिब २ घण्टा दर्शकसँगै झुमेकी थिइन ।

‘फुल बुट्टे सारी’ देखि ‘गाला रातै’ र ‘आसैको गुलेलीमा’ जस्ता गीतहरुमा दर्शकहरुले अत्यन्तै मनोरञ्जन लिएका थिए ।

१ फागुनदेखि सुरु भएको महोत्सव ७ फाल्गुनसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार