इलाम : इलामको माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न भएको छ । १ करोड २८ लाख ५० हजारको संसोधित बजेट स्वीकृत गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सोमबार सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको सभाध्यक्षमा माईजोगमाई गाउँपालिकाको सभाहलमा गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न गर्दै गाउँपालिकाको कर्मचारी प्रोत्साहन ऐन २०८० समेत गाउँसभाबाट पारित भएको छ ।