इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा आज (आइतबार) पहिलो सेमिफाइनल खेल हुँदैछ ।
फाइनल प्रवेशका लागि प्रस्तावित आत्मानन्द रङ्गशाला माङसेबुङ-५ मा दिउँसो ३ बजे हुने खेलमा माङसेबुङ गाउँपालिका इलामले डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सामना गर्नुपर्नेछ ।
यसअघि हिजो (शनिबार) भएको चौथो क्वाटरफाइनल खेलमा जनसहयोग युवाक्लब मोरङलाई ५-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै इलामले सेमिफाइनलको यात्रा तय गरेको छ ।
राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको इलामसँग मोरङले रक्षात्मक समेत खेल्न सकेन । पहिलो हाफमा २ गोल गरेको इलामले दोस्रो हाफको खेलमा ३ गोल थप्यो ।
खेलमा २ गोल गरेको विजेता इलामकी सञ्जु तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।
जितसँगै इलामले सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा कनकाई नगरपालिका झापासँको भेट पक्का गरेको छ ।
पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा थियो ।
विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।
किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ ।