स्थानीय तहलाई स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध

  नयाँ बुलन्द
147 Shares

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले स्थानीय तहलाई पुष मसान्तभित्र स्वमूलाङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी माघको पहिलो हप्ताभित्र आआफ्नो वेबसाइट र सूचना पाटी मार्फत सार्वजनिक गर्न निर्देशन दिएको हो ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाकाे लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरुको तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन संस्थागत क्षमता मत्तस्वमूल्याङ्कन आवश्यक हुन्छ ।

सो सम्बन्धी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० बमोजिम स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ समेत कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार