फाल्गुनन्दको न्यायिक समितिमा परेका ६६ प्रतिशत उजुरी मिलाइए, अधिकांश मुद्धा लेनदेन सम्बन्धी

  युद्धबहादुर बोहोरा
371 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको न्यायिक समितिमा परेका ६६ प्रतिशत उजुरी मिलाइएको छ । जस मध्ये अधिकांश लेनदेन सम्बन्धी मुद्धा परेका छन् ।

यस वर्ष सबै भन्दा बढी ४ नम्बर वडाबाट उजुरी परेको छ भने ३ र ७ नम्बर वडाबाट कुनै पनि नपरेको बताइएको छ । अधिकांश उजुरी लेनदेन सम्बन्धी र अन्य कुटपिट साथै सम्बन्ध विच्छेद सम्बन्धीका रहेको उजुरी प्रशासक थमराज जैसीले जानकारी दिए । यस आर्थिक वर्षको ६ महिना भित्र हालसम्म नौ वटा उजुरी परेकोमा ६ वटा मिलेको र बाँकी तीन वटा प्रकृयामा रहेका छन् । स्थानीयतहमा  ६६ प्रतिशत उजुरीको समाधान गर्न सफल हुनुले मेलमिलाप कर्तालाई थप प्रेरणा मिलेको छ ।

न्यायिक समिति संयोजक ठाकुरसिंह नेम्वाङ,सदस्य सागर नेम्वाङ,गीता विश्वकर्मा र उजुरी प्रशासक जैसी रहेको न्यायिक समितिले गत वर्ष ४४ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम गराएको थियो । गत वर्षमा १५ वटा उजुरी परेका र जसमध्ये २ वटा यस वर्षमा सारिएको छ । सातै वडामा मेलमिलाप केन्द्र स्थापना गरि आवश्यक व्यवस्थापन गरेको र कानुनी सचेतना तालिम, प्रशिक्षण गराउँदै आएको जनाइएको छ ।

मेलमिलापका चरणहरु,संचार सीप,वार्ता सीप,न्याय सम्पादन प्रकृया, मिलापत्र,सयुक्त निवेदन,मेलमिलाप कर्ताको भूमिका,काम,कर्तव्यलगायत सहभागीले उठाएका सवालको प्रति उत्तरका साथ प्रशिक्षण गराइएको मानव अधिकारकर्मी प्रशिक्षक मावोहाङ लिम्बुले बताए ।

मेलमिलापकर्ताले निभाएको गहन भूमिकाले अदालत धाउनु पर्ने समय,खर्च बचत हुने तथा झन्झट मुक्त भइ हारजितको महसुस कसैलाई नहुने हुँदा समाजलाई सन्तुलनमा राख्न मद्दत पुग्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको पालिकाको न्यायिक समिति संयोजक  नेम्वाङको भनाइ छ । आगामी दिनमा  मेलमिलाप केन्द्रलाई व्यवस्थित र श्रोत साधनका साथ आवश्यक तालिम,अवलोकन भ्रमणको आयोजना गरिने जानकारी गराए ।

शनिवार सम्पन्न तीन दिनको पुनर्ताजकी तालिममा वडा सचिवहरुसहित ३५ जना सहभागी थिए । मानव अधिकार मञ्च इलामबाट याम मावोहाङ लिम्बु  र सन्तोष मगरले सहजीकरण गरेका थिए । न्यायिक समितिले गर्ने

प्रेरणा र थप परिपक्वताका लागि मेलमिलापकर्तालाई दिइएको तालिमलाई जिल्ला  अदालत पाँचथरका न्यायधिश टिकेन्द्र दाहालसहितको टोली,पालिकाको कानुनी सल्लाहकार सन्तोष राईलगायत समापनमा उपस्थिति थिए। प्रमुख अतिथि दाहालले मेलमिलाप सम्बन्धी संविधानमा उल्लेख भएका कानुनी व्यवस्थालाई प्रष्याएका थिए । पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले न्यायिक समितिले खेल्दै आएको सकारात्मक कार्यको प्रशंसा गर्दै आवश्यक कार्यविधि निर्माण गरिने बताए । न्यायिक समिति संयोजक नेम्वाङको अध्यक्षतामा सम्पन्न तालिम पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले स्वागत मन्तव्य राख्दै मेलमिलापकर्ताहरुलाई जिम्मेवारी ढंगबाट काम गरिदिन आग्रह गरेका छन् । कार्यक्रम उजुरी प्रशासक जैसीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार