लभ्ली नकआउट फुटबल : बिएफसी गोर्खे र एमवाइसी मानेडाँडा फाइनलमा

  नयाँ बुलन्द
161 Shares

माईजोगमाई : बिएफसी गोर्खे र एमवाइसी मानेडाँडा इलामको माईजोगमाई गाउँपालिका-२ खोल्मेमा जारी लभ्ली नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो सेमीफाइनल खेलमा एससीएफ सरसिगेलाई १-० को अन्तरमा पराजित गर्दै बिएफसीले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दोस्रो सेमीफाइनल खेलमा आयोजक लभ्ली युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै एमवाइसी उपाधि नजिक पुगेको हो ।

अब उपाधिका लागि बिएफसी एमवाइसीबीच बुधबार फाइनलमा आमनेसामने हुँदैछन् ।

प्रतियोगिताको विजेताले नग द ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि पाउनेछन् ।

गत २३ कात्तिकदेखि स्थानीय शारदा आधारभूत विद्यालय खेलमैदानमा जारी प्रतियोगितामा २८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार