जमुना : धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले इलामको सन्दकपुर गाउपालिका ५ जमुनास्थित ढापपोखरी परिषरमा रहेको गौरेश्वर शिवालय मन्दिरमा आजदेखि बहुधार्मिक यज्ञ सुरु भएको छ ।
ढापपोखरी, गजाधर धनमया रंगशाला र मन्दिरको एकसाथ प्रर्वधन गरिरहेका स्थानीयले धार्मिक अनुष्ठानवाट यस क्षेत्रको थप प्रचार गर्दै मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने र अक्षय कोष निर्माण गर्ने लक्ष लिएका छन् । वैशाख २६ गतेसम्म सञ्चालन हुने महायज्ञको आज आयोजित कार्यक्रमबीच इलाम क्ष्ँेत्र नं. १ वाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद महेश वस्नेतले उद्घाटन गरे ।
कार्यक्रम सुरु हुन अघि कलश यात्रा निकालिएको थियो । कलश यात्रा साङ छोलिङ बौद्ध गुम्वाहुदै किरात मन्दिरको फन्को लगाएर यज्ञ स्थल पुगेको थियो । उद्घाटन मन्तव्यका क्रममा वस्नेतले धर्मलाई समय अनुकुल वनाउदै अथाह ज्ञानको भण्डार रहेको पूर्वीय दर्शनलाई सवैले मनन गर्नु पर्ने वताए ।
कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर विजयमूर्ती, बौद्ध धर्मगुरु लोपेन साङ्गे लेम्देन लामा भुपेन, सन्दकपुर गाउ“पालिकाका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, सन्दकपुर १ का वडाध्यक्ष रहर राई, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश गुरुङ, स्थानीय भरत थेवेलगायतले मन्तव्य राखेको नयाँ बुलन्दका सहयोगी दिपेेश भट्टराईले जानकारी दिए ।
महायज्ञमा हिन्दु, बौद्ध र किरा“त धर्मगुरुहरुले प्रवचन दिने छन् । यज्ञको माध्यमवाट सामाजिक सद्भाव बढाउदै जमुनालाई धार्मिक पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने योजना रहेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक विष्णु भट्टराईले वताए ।
इलाम सदरमुकामवाट २५ किलोमिटर उत्तरमा रहेको जमुनामा हा“गेथाम, ऐतिहासिक गुम्वा, काडेभ्याकुर, रेडपाण्डा जस्ता जंगली जनावारको वासस्थान, विभिन्न धर्मालम्विहरुका तिर्थस्थल लगायत अनेकन प्राकृतिक सौन्दर्यताले भरिएका स्थान रहेकाले पनि धार्मिक पर्यटनमा जोड दिन यो अभियान थालिएको मन्दिर निर्माण समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका सचिव प्रदिप भट्टराईले वताए ।
बाल योगेश्वर विजयमूर्ती मूख्य वाचक रहेको अनुष्ठानमा बौद्ध धर्मगुरु लोपेन साङ्गे लेम्देन लामा भुपेन र किरात धर्म गुरुहरुको प्रवचन रहने छ ।
जिल्लाभित्र र वाहिरवाट भक्तजनको वाक्लो उपस्थिती गराउन आयोजकले प्रचार अभियानलाई पनि तिव्र वनाएको आयोजक समितिका सदस्य टंकमणि भट्टराईले जानकारी दिए ।