प्रदेश १ सरकारको पहिलो निर्णय मन्त्रालयको संख्या घटाउने

  नयाँ बुलन्द
161 Shares

विराटनगर : नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ ।

शपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३वटा मन्त्रालयको संख्या घटाएर नौ वटा बनाउने प्रकृया थाल्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको हो ।

मन्त्रालय र मन्त्रीहरु धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार