आईएमई लाइफ इन्सोरेन्स खाँदवारीद्वारा मृत्यु दावी भुक्तानी

  नयाँ बुलन्द
3.9k Shares

संखावासभा : आईएमई लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दावी वापत २ लाख  २७ हजार २ सय रुपैयाँ बीमितको परिवारलाई  भुक्तानी गरेको छ ।

आईएमई लाइफ इन्सोरेन्सको खाँदवारी शाखाले बीमित नेपाल इन्भेस्टमेन्ट बैंक खाँदबारी शाखामा कार्यरत भुपाल श्रेष्ठका बाबु सन्तकुमार श्रेष्ठलाई २ लाख २७ हजार २ सय रुपैयाँको चेक रकम प्रदान गरेको हो ।

पुवादुङ्मा १ भोजपुर निवासी श्रेष्ठको गत २२ भदौमा निधन भएको थियो ।

श्रेष्ठले २५ चैत २०७५ मा १५ वर्षीय २ लाख रुपैयाँको बिमा गराएका थिए । श्रेष्ठले वार्षिक रुपमा १३ हजार २ सय १३ रुपैयाँ तिर्दै आएका थिए ।

कम्पनीले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार