शहीद रत्नकुमार वान्तवाका सपना साकार पार्न हामी तयार छौं : पालुङ्वा

माङसेबुङ : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एवम् इलाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार केपी पालुङ्वाले शहीद रत्नकुमार वान्तावाको सपाना साकार ग‍पार्न तयार रहेको बताएका छन् ।

चुनावी प्रचार अभियान अन्तर्गत आईतबार इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा रहेको शहिद रत्नकुमार वान्तवाको शालिकमा फूलमाला अर्पण गर्दै शहीदको सपना अब जनमुक्तिको विचारले साकार पार्ने बताए ।

शहीद वान्तावाको शालिकमा फूलमाला तथा अविर अर्पण गर्दै उम्मेद्वार पालुङ्वाले ठूला दलका नेताहरुले शहीदको शालिकलाई साँक्षी राखेर शहीदका सपनालाई बेवास्ता गरेका कारण आज कुनै पनि दीगो काम हुन नकसेको बताए । ‘शहीदको अगाडि उभिएर म भन्छु उनीहरुको सपना साकार पार्ने काममा आफू र आफ्नो पार्टीको ध्यान केन्द्रीत रहेको छ’ पालुङ्वाले भने ।

कम्युनिष्ट नेताको रुपमा उभिएका वान्तावा पञ्चायतकालमा प्रहरीबाट हत्या गरिएको थियो । वान्तावा वर्गीय मुक्ति र स्वाधिनताका लागि इलामबाट कम्युनिष्ट पार्टीबाट आन्दोलनमा होमिएका थिए ।

शहीदको प्रतिमामा फुलमाला लगाउँदै पार्टीका संघीय सभा सदस्य लोक आङ्लाले शहीद रत्नकुमार वान्तावाको योगदानप्रति कम्युनिष्टहरुले पूर्ण ध्यान नदिएको आरोप लगाए ।

क्षेत्रीय उपाध्यक्ष धनराज सम्वाहाम्फेले रत्नकुमार जनजातिभित्रका तृष्ण दिमाग भएका नेता थिए । उनको हत्या प्रहरीबाट भए पनि उनले उठाएका विचारहरु अझै ताजा रहेको स्मरण गरे ।

पार्टीका गोविन थेवेको सभापतित्वमा भएको पुष्प अर्पण कार्यक्रमको सञ्चालन सीताराम राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार