माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोला पुलमा वेवारिसे शव फेला परेको छ ।
शुक्रबार अपराह्न १ बजे माङ्सेबुङ–१ र देउमाई नगरपालिका–५ जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० वर्षका व्यक्ति मृत फेला परेका हुन् ।
हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए ।
थप अनुसन्धान इलाका प्रहरी कार्यालय मंगलबारेले गरिरहेको छ ।