ताप्लेजुङ महोत्सव संचालनमा सहमति, बन्द खुल्यो

फुङलिङ : मुकुम्लुङ बचाऔ आन्दोलनरत पक्ष र आयोजकबिच चार बुँदे सहमति भएपछि ताप्लेजुङ बन्द खुलेको छ ।

मुकुम्लुङ बचाओ संघर्ष समितिले पाथीभरा नाम नमान्ने भनेर महोत्सव स्थगन गर्न आग्रह गर्दै आएपनि अन्ततः ताप्लेजुङ बन्द नै गरेपछि मात्र आयोजक सहमतिमा आएको हो ।

सोमबार आन्दोलनरत पक्ष र आयोजक वार्तामा बसेपछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा म्याराथन महोत्सवको सट्टा ताप्लेजुङ म्याराथन महोत्सव राखिने भएको छ । त्यसैगरी महोत्सवको सन्दर्भमा तयार गरिएका ब्यानर गेट शिल्ड प्रमाणपत्र अडियो भिडियो जिङल लगायत सबैमा उल्लेख भएको पाथीभरा शब्द हटाएर ताप्लेजुङ लेख्ने सहमति भएको छ । तेस्रो बुँदामा किरात याक्थुङ चुम्लुङ थरगत थुमगत लगायतले अशोज ९ गतेदेखि १३ गतेसम्मको बन्द हड्ताल स्थगन गर्ने सहमति भएको छ । चौथो बुँदामा सहमतिका बुँदाहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न दुबै पक्षबाट ३/३ जनाको अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।

अनुगमन समितिमा आयोजक पक्षबाट रकि थेपे,शुरेस लिम्बु,दावा शेर्पा रहेका छन । त्यसैगरी आन्दोलनरत पक्षबाट प्रदिप मादेन नबिन फुरुम्बो, सरोज कङ्लिबा रहेका छ्न ।

वार्तामा आयोजकको तर्फबाट पाथीभरा संरक्षण समितिका संयोजक तारानाथ घिमिरे,पाथीभरा संरक्षण बिकास अध्यक्ष रकि थेवे,नारायण थापा सहभागी थिए । त्यसैगरि आन्दोलन पक्षबाट मन्दिरा मेयाङ्बो,बिबिहाङ वनेम र दिपक ताक्मादेन रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार