विशिष्ट योगदान गर्ने व्यक्तिलाई माङसेबुङ ३ द्वारा सम्मान

  नयाँ बुलन्द
385 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयले विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तिलाई आइतबार सम्मान गरेको छ ।

स्थानीय तह पुनर्संरचना पश्चात माङसेबुङ गाउँपालिका वडा नम्बर ३ लाई विभिन्न प्रकारले सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएकव वडा कार्यालयले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका, ३ नम्बर वडा कार्यालय र प्रहरी चौकीलाई निशुल्क जग्गा प्रदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा कैलाश राई, राजेशकुमार राई, जंगीप्रसाद राई, देउराज राई, मदनकुमार राई, डेविड सुनुवार, सन्तकुमार राई, सोमबहादुर राई, राजवीरा वान्तवा, जैनारायण राई र केहरसिंह लिम्बू रहेका छन् ।

उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष लक्षुमन राई (जनम) को अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु सूर्यकुमार राई, देउमान साम्बा, सुशिला शासंकर, निवर्तमान वडा अध्यक्ष मैतराज राई, वडा सचिव विष्णु दाहाल, कर्मचारी मचिन्द्र लिम्बूलगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार