फाल्गुनन्द गाउँपालिकामा कार्यपालिकाले पायो पूर्णता

  युद्धबहादुर बोहोरा
1.4k Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार गठबन्धनका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएसंगै कार्यपालिकाको गठन प्रकृया सम्पन्न भइ प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत अमृत बहादुर राईले जानकारी दिए । कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट जसी माया कमिनी र टंक परियार निर्वाचित भएका छन् ।

यता कार्यापालिका महिला सदस्यमा कमला पराजुली दुलाल,विमला लिम्बु,हर्कमाया नेपाली र आइत माया लिम्बु निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जानकारी दिएको छ ।

३९ सदस्यीय गाँउसभा गठन भएको यस पालिकामा एमालेबाट एक वडाध्यक्षसहित ७ उम्मेदवार विजयी भएका छन् भने अन्य ३० जना उम्मेदवार गठबन्धबाट विजयीसंगै  १५ सदस्यी गाउँकार्यपालिकामा गठबन्धनको बहुमत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार