फाकफोकथुमको सिम्लेमा एकै घरको ७ बाख्रा बाघले खायो

  नयाँ बुलन्द
2.5k Shares


इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा बाघको आतङ्क बढ्दै जान थालेको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेमा एकै घरका ७ वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय जितबहादुर योङहाङको गोठमा बाँधेर राखेको केही बाख्रालाई बाघले पूरै खाएको छ भने केही बाख्रालाई मारेर गएको ।

वडा नम्बर ७ का वडा सदस्य पंच योङहाङका अनुसार एउटा बोका, तीन वटा खसी, दुई वटा माउ बाख्रा र एउटा पाठा गरी दुई लाख २५ हजार रुपैयाँको क्षति भएको छ ।

गाउँमा बाघको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार