एमाले नेता अइन्द्र सुन्दर नेम्बाङले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

 

इलाम : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अइन्द्र सुन्दर नेम्बाङले आजबाट सुरु हुँने १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बताएका छन् ।
नेम्बाङले एक अन्तवार्तामा आफुले आदिवासी जनजाती तर्फबाट उम्मेद्वारी दिने बताएका हुन् ।

४५/४६ सालमा बाल अखिलबाट राजनीति सुरु गरेका नेम्बाङले १७ वर्षको उमेरमा अनेरास्ववियुका पाँचथर जिल्ला कमिटी अध्यक्षसमेत बनेका थिए । उनले १६ वर्षको उमेरमा पार्टीको संगठित सदस्यता पाएका थिए । उनी पछि युवा संघको जिल्ला अध्यक्ष समेत भए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।

पाँचथरबाट २०७० सालमा संविधान सभा सदस्य बनेका उनी संविधान बनाउने काममासमेत उनले उल्लेख्य भुमिका खेलेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार