भारी बहुमतका साथ तेह्रथुम कांग्रेसमा तुम्बाहाङ्फे बिजयी,ढुंगानाको मत २ सय ३७ मात्रै ।

  टीआर सेनेहाङ
6.4k Shares

तेह्रथुम ,नेपाली कांग्रेस तेह्रथुमको १४ औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन बहादुर तुम्बाहाङ्फे निवाचित भएका छन् । सभपतिमा तुम्बाहाङ्फेले ४५० मत पाउँदा प्रतिद्वन्द्वी कमल प्रसाद ढुङ्गानाले २३७ प्राप्त गरे । २१३ मत अन्तरले निर्वाचित भएका तुम्बाहाङ्फेको प्यानल नै निर्वाचित भएको छ ।

उपसभापतिमा मचिन्द्र लिम्बु र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् ।लिम्बुले ४७२ र भट्टराईले ३५९ मत पाएका छन् । सचिवमा ४६५ मत सगै विपिन निङ्लेकू र ३०६ मत पाएर डिल्लीराम नेपाल निर्वाचित भएका छन्  । तेस्तै सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे  निर्वाचित भएका छन् । दुवैजनाले ४५६ बराबर मत पाएका छ्न। महाधिवेशन प्रतिनिधि खुलातर्फ ५१६ मत पाएर तुलसी सुब्बा बिजयी भएका छन् ।तेस्तै केदार ढुङगाना ४३०, गणेश बिमली ४३४, सन्तोष सुब्बा ४७३, उद्धव तिम्सीना ४२५, अर्जुन माबोहाङ ३९३, केशब भेटुवाल ४५२, बिजय सम्बाहाङ्फे ४२९, भिष्म थपलिया ३४६ र हरी डाँगी ३६५ मत पाएर निर्वाचित भएका छन् । त्यसैगरी कासाङ आङजुक शेर्पा (वालुङ) निर्विरोध महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

त्यस्तै खुला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गीतादेबी तिम्सिना गौतम, सनिसा भेटुवाल, सुशीला खड्का कार्की, शारदादेवी कोइराला निर्वाचित भएका छन् । खुला आदिवासी जनजातिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन् । खसआर्य महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खसआर्य पुरुष केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु शेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन् । जिल्लाको कुल ७३३ मतमध्ये ७०६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए । अधिवेशनमा प्रदेश सभा (क)अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए ।

प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए । अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार