खड्का सबैभन्दा धेरै मतका साथ महाधिबेशन प्रतिनिधिमा निर्वाचित

  नयाँ बुलन्द
6.8k Shares

इलाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत इलामका दुईवटा निर्वाचन क्षेत्रमा सम्पन्न निर्वाचनको मतगणना अन्तर्गत क्षेत्र नम्बर १ को महाधिबेशन प्रतिनिधिको मतगणना सकिएको छ ।निर्वाचन समितिका अनुसार महाधिबेशनमा खुल्लाबाट डम्बर खड्का ४४९, तोयानाथ भटटराई ३६९, बेनुपराज प्रसाई ३६०, उद्धब पौडेल २९९, हिमाल मास्के २९७, प्रेमलाल लाई २५८, देवेन्द्रकुमार राई २४९, भुपेन्द्र कटटेल २४२, श्यामप्रसाद खड्गी २४२ र हरिप्रसाद लुइँटेल २४२ मतका साथ बिजयी हुनु भएको छ । यस्तै महाधिबेशन प्रतिनिधि महिलातर्फ हरिकला श्रेष्ठ ३७८, खगेश्वरी पौडेल (बन्दना) ३०३, उत्तमलता श्रेष्ठ २६८ र कमला कटटेल २६७ मतका साथ बिजयी बन्नु भएको छ ।

खस आर्य खुल्लातर्फ सन्जीव ढकाल २४७ र दूर्गा सुवेदी १९२ मत पाएर बिजयी बन्दा खस आर्य महिला तर्फ देउकुमारी कटटेल २१२ मतका साथ महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । यस्तै महाधिबेशन प्रतिनिधि आदिबासि जनजातितर्फ ध्रुब राई २९७, जंगबहादुर गुरुङ्ग २७८, सन्तोष गुरुङ्ग २६४ र धनकुमार आले २०३ मतका साथ बिजयी बन्नु भएको छ ।

यस्तै आदिबासि जनजाति महिलातर्फ चन्द्रकला राई ३६७, मेनुका प्रधान ३०९ र प्रबिना राई २६६ मत पाएर बिजयी बन्दा महाधिबेशन प्रतिनिधि दलिततर्फ जीवन नेपाली ३०३ मत पाएर बिजयी बन्नु भएको छ । उता अल्पसंख्यक÷अपाङ्गता कोटाबाट टिकाराम लाप्चा ३०८ मत पाएर बिजयी बन्नु भएको छ । महाधिबेशन प्रतिनिधिको मतगणना सकिएसंगै कार्य समितिको मतगणना सुरु भएको छ ।

उक्त क्षेत्रमा क्षेत्रीय सभापतिमा भिष्म प्रधान, शम्सेर राई, दूर्गा बराल र मिलन क्षेत्रीबीच चुनाव भएको थियो । क्षेत्रीय अधिबेशन अन्तर्गत क्षेत्र नम्बर १ को फिक्कल र २ को मंगलबारेमा निर्वाचन भएको थियो । यता क्षेत्र नम्बर २ मा भने महाधिबेशन प्रतिनिधि र कार्य समितिको एकैसाथ मतणना अहिले पनि जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार