आफ्नो टिप्पणी गर्ने पत्रकारलाई बेनुप प्रसाइँको कटाक्ष : ‘केटाकेटी पत्रकारहरु जे पनि लेख्छन्’

इलाम : पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता बेनुपराज प्रसाइँले हालै नयाँ बुलन्द डटकमले गरेको उनीसँग सम्बन्धीत राजनीतिक टिप्पणीलाई संकेत गर्दै पत्रकारलाई ‘प्रारम्भिक कक्षाका केटाकेटी’को संज्ञा दिएका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा इलामका सभापतिका आकांक्षी र बेनुपराज प्रसाइँको भूमिकालाई लिएर गरेको राजनीतिक टिप्पणी लेख्ने पत्रकार र उक्त अनलाइनतर्फ संकेत गर्दै ‘केटाकेटी’को संज्ञा दिएका हुन् ।

फिक्कलबाट संचालिन रेडियो बुद्धवाँणीमा दिनेश महतसँगको ३० मिनेट लामो सोमबारको अन्तरवार्तामा आफूमाथि लागेको आरोप र कार्यकर्तास्तरबाट उठिरहेको आवाजलाई प्रसाइँले स्पष्टीकरण दिने प्रयास गरेका हुन् । उनले पत्रकारितालाई एक विज्ञानका रुपमा प्रसंसा गर्दै भने,‘अहिले केही केटाकेटीहरु प्रारम्भिक कक्षामा छन् । ति प्रारम्भिक कक्षामा भएका केटाकेटीहरुले पारख जत्तिकै ज्ञान हासिल गरेका छन् भनेर गाली गर्न मिल्छ र ? भर्खर सिक्दैछन् केटाहरु ।

उनीहरुलाई कसैले दुरुपयोग गरिदियो भने र उनीहरुले आफूलाई दुरुपयोग भएको थाहापाएनन् भने उनीहरुले जे पनि लेख्छन् । त्यसमा आपत्ति जनाउनु हुँदैन् ।’ उनको उक्त अभिब्यक्तिलाई लिएर इलामका केही संचारकर्मीहरुले आपत्ति प्रकट गरेका छन् । नेपाली कांग्रेसको अगुवाइमा आएको लोकतन्त्र र स्वतन्त्रता साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सदुपयोग गर्न पाउने अधिकारमाथि प्रसाइँले कटाक्ष गर्दै ‘खिल्ली’ उडाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रसाइँलाई जिल्लाका सभापतिका आकांक्षीहरुबीच समन्वयकारी र अभिभावकीय भूमिका निर्वाह नगरेको आरोप लाग्दै आइरहेको छ । कांग्रेस इलाम सभापतिका चार आकांक्षीलाई आपसमा भिडाएर आफू अवसर लिने मौका खोजेको भन्दै प्रसाइँलाई अभिभावक बन्न कार्यकर्ताहरुले आग्रह गरिरहेका छन् । उनले आफू कुनै टीम वा गुटमा लाग्न नसक्ने र आजीवन बैचारिक लडाइँमा लाग्ने पनि बताए । उनले महाधिवेशनलाई झारो टार्ने प्रयास भइरहेको र जनतामा जाने एजेन्डा कसैले पनि उठाउन नसकेको औंल्याए । प्रसाइँको भूमिकाका विषयमा महतले सोधेको प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् । उनले इलामका चारैजना उम्मेदवारलाई आफूले मिलाउने दाबी गरे । उनले आफू व्यक्ति र गुटको व्यक्ति नभएको साथै आगामी दिनमा कुनै पदको लोभ नभएको बताए ।

यो पनि पढ्नु होला

कांग्रेस इलाम सभापतिमा रस्साकस्सी : बेनुप प्रसाइँको भूमिका शंकाको घेरामा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार