मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

  नयाँ बुलन्द
77 Shares

 

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पार्न सफल भएका हुन् । जसमध्ये भाग्यमानी ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका हुन् । कुल २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेको थियो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लगानी कोषहरुलाई १९ हजार ६८८ कित्ता छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार