कोरोना कहरमा छैन नेताहरुको भर, ठुला नेताहरु सत्ता र कुर्सीको लुछाचुडिमा

  प्रकाश नेपाल
14 Shares

इलाम : कोरोना महामारीमा आफ्ना नेता र जनप्रतिनिधिहरुले सहयोग गर्लान् भन्ने आशा पालेका इलामेका नागरिक निराश भएका छन् ।

जनताका समस्यालाई पन्छाएर कोरोना कहरकाबीच पनि राजनीतिक दलहरु सत्ताको स्वार्थमा अलमलिँदा आम नागरिक निराश भएका हुन् ।

कोरोनाको यो महामारीमा नपिरोलिने इलामका नागरिक सायद कमै होलान् । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लामा बन्दाबन्दी भएसँगै मानिसको दैनिकीमा परिवर्तन भएको छ ।

कोरोनाकै कारण दुई दर्जन बढि नागरिकले ज्यान गुमाई सकेका छन् । सयौ नागरिक कोरोनाका कारण मृत्युसंग लडिरहेका छन् ।

यहि लडाई जित्न यतिबेला उनीहरुले सहयोगी अभिभावक पनि खोजिरहेका छन । तर, तिनै अभिभावकहरु भने तछाड मछाड गर्दै सत्ता र कुर्सीको लुछाचुडिमा लागिरहदा उनीहरुले कतैबाट सान्त्वना पाउन सकेका छैनन् ।

यो समय सत्ता र कुर्ची टिकाउने भन्दापनी अप्ठ्यारोमा परेका जनताको मनमा मलम पट्टि लगाउने समय हो । तर, सरकारले भने काम कुरो एकातिर किुम्लो बोकी अर्केतिर भने झै गरी रहेको इलामेलीहरुको आरोप छ ।

आफूले जिताएका दुबै नेता राष्ट्रिय राजनितिमा हुँदा ठूलै भर थियो यहाँका जनतामाथि । तर, सबै यो अप्ठ्यारो परिस्थितिमा मिथ्या सावित भएको छ ।

इलामबाट झलनाथ खनाल र सुवास नेम्बाङले प्रतिनिधित्व गरेपनि उनीहरु पनि कुर्सी हानाथापमा छन् । खनाल लगातार पाँचपटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसकेका छन् भने नेम्बाङ पूर्वसभामुख हुन ।

उनीहरुले लगातार प्रतिनिधित्व गरिरहदा गाँउघरमा विकासले फड्को मार्छ र सबै सेवा सुविधा गाँउघरमा नै आउँछ भनेर धेरै सपना बाँडे तर, यो अप्ठ्यो परिस्थितिमासमेत एक पल्टसम्म झुल्किएनन् ।

जनताहरु उपचार नपाएर आकुलव्याकुल छन । विभिन्न सहयोगी संघसंस्थाहरु, समाजसेवी, बुद्धिजिविहरुले सहयोगी हातहरु फैलाइरहँदा सरकार भने आफ्नै गित गाई रहेको स्थानीय निरोज खड्गीको गुनासो छ ।
.
कोरोनाका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार व्यवसाय चौपट भएको छ भने दैनिक ज्याला मजदुरी गरेर घर चलाउदै आएकाहरुको पेट भोको हुन थालेको छ ।

राज्यका सबै शक्ति कोरोनाकै नियन्त्रणमा लाग्नुपर्ने बेलामा आपसी भागबन्डा, सत्ता, शक्ति र गुटगत स्वार्थमा तल्लीन हुँदै गर्दा जनताको आशा अपेक्षा र समृद्धिको सपनामाथि भने फेरी पनि कुठाराघात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार