अनजानमा खाएको सब्जीबाट एक जनाको ज्यान गयो

  युद्धबहादुर बोहोरा
1.2k Shares

 

प्रतिकात्मक फोटो

पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेन (साविक हेलाङ-७) निवासी ६७ वर्षिय लक्ष्मी नेम्बाङको शुक्रबार निधन भएको छ ।

गत हप्ता आफ्नै घरमा अनजानमा बिषालु सब्जी खाएर बिरामी भए लगत्तै विर्तामोडको विएण्डसी हस्पिटलमा उपचारको लागि भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि विराटनगरमा रेफर गरिएका उनको उपचारकै क्रममा शुक्रबार मध्यरात २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शवलाई आजै पाँचथर ल्याउँदै गरेको मृतकका माइला छोरा लोकेन नेम्वाङले जानकारी दिए ।

गत हप्ता एकै परिवारका घरमुली नेम्बाङ सहित सात जनाले बिषालु सब्जी खाएर बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल पठाइएको
थियोे । अन्य छ जनाको उपचारपछि निको भएर घर आइपुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार