माङसेबुङका २ जनामा कोरोना पोजेटिभ

  नयाँ बुलन्द
588 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा बुधबार २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

माङसेबुङ गाउँपालिका १ गजुरमुखीधामस्थित गजुरमुखीधाम सामुदायिक स्वास्थ्य इकाईमा ७ जनाको एन्टिजिन परिक्षण गर्दा २ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका गजुरमुखीका पतीपत्नी हुन् । संक्रमित दम्पत्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई होम आइसोलेसनमा राखिएको अध्यक्ष इदिङ्गोले जानकारी दिए ।

कोरोनाको दोश्रो लहर सुरु भएसँगै माङसेबुङमा पहिलोपटक समुदायस्तरमा संक्रमण देखिएपछि उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

गाउँपालिकाको कार्यालय खुला रहेपनि हाल सबै सेवाप्रवाह स्थगित गरेको छ ।

यसैबीच इलाममा आज थप २९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

इलाम नगरपालिकामा १० जना, माइजोगमाई गाउँपालिकामा ७ जना, रोङ गाउँपालकामा ५ जना, सूर्योदय र देउमाई नगरपालिकामा ३-३ जना,  माई नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

इलाममा संक्रमितको संख्या ३९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार