इलाम नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोनाबाट मृत्यु

  नयाँ बुलन्द
1.7k Shares

इलाम : कोरोना भाइरसबाट संक्रमित इलाम नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा निधन भएको हो । उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे । उनको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिए ।

खाम्याहाङ हाल अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेका थिए ।  उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार