देशभरका ४८ जिल्लामा निषेधाज्ञा

देशभरका ४८ जिल्लामा निषेधाज्ञा

काठमाडौं । देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयको विवरण अनुसार पछिल्लो पटक महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेका हुन् ।

यि जिल्लाहरूमा आज साँझदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । यसैगरी धनुषा, हुम्ला र स्याङजा, र सुनसरीमा पनि आजदेखि वैशाख ३१ गते सम्मा लागि निषेधाज्ञा जारी गरिएको छ । ताप्लेजुङमा पनि आजदेखि सात दिनका लागि निषेधाज्ञा लगाइएको छ ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा भोलिदेखि लागू हुनेगरी दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । उता तेह्रथुममा पनि कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाको लालिगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार