हुरीले घर क्षति गरेको परिवारलाई कोरियामा रहेका युवाद्वारा ३७ हजार आर्थिक सहयोग

  नयाँ बुलन्द
63 Shares

 

पाँचथर : फिदिम नगरपालिका -९ निवासी भीमप्रसाद लावतीलाई दक्षिण कोरियामा कार्यरत १२ जना युवाले आर्थिक सहयोग गरेका छ्न् ।

गत चैत ३ गते आएको हावाहुरीका कारण घर ध्वस्त भइ विचल्लि परेका परिवारलाई घर निर्माणमा सहयोग पुर्‍याउने उदेश्यले ३७ हजार नौ सय ५७ रुपैयाँ नगद हस्तान्तरण गरिएको रकम सकलन संयोजक गङ्गा पाहोहाङ्ले जानकारी दिए ।

दिनभर ज्याला मजदुरी गरेर परिवार चलाइरहेका उनको दुई कोठेघर हावाहुरीका कारण पूर्णरुपमा ध्बस्त भएको थियो । घर उडाए पछि स्थानीय सामुदाय,रेडक्रस,जिल्ला रेडक्रसले प्रदान गरेको आपतकालीन राहतको भरमा बस्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यलयबाट खाद्यान्नका लागि ७ हजार नगद प्रदान भएपछि सोही नगदले घर चलाइरहेको पीडितको भनाइ छ । ‘घर लडेपछि मजदुरी जान पाएको छैन’, उनी भन्छन्, ‘मजदुरी गरेर ५ जनाको जहान परिवार पाल्न मुस्किल छ ।’

घर क्षति भएर बालबच्चाको झनै बिजोग भएको उनको भनाइ छ । खडेरीका कारण अन्न बाली समेत उब्जनी नभएको अबस्थामा उनको परिवारलाई थप चुनौती थपिदै गएकाले गाउँलेहरु उनको घर निर्माणमा सहयोग गर्ने अभियान चलाइएको स्थानीय समाजसेवी भवेन्द्र सिगुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार