किरात याक्थुङ चुम्लुङ विर्तामोडको अध्यक्षमा कन्दङ्वा

  नयाँ बुलन्द
0 Shares

झापा : किरात याक्थुङ चुम्लुङ नगर समिति बिर्तामोडको अध्यक्षमा हिमालयप्रकाश कन्दङ्वा चयन भएका छन् ।

संस्थाको तेस्रो नगर अधिवेशनले कन्दङ्वाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको समितिको उपाध्यक्ष मनु जवेगू , सचिव राजु यक्पाङदेन, सहसचिव रबीन जवेगू, कोषाध्यक्ष अमृता लिम्वू रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गणेश हाङगाम, सूर्य खजुम, मानवहादुर सङ्वो, आइतमाया लिम्वू, सुन्दर लिम्वू, प्रकाश लिङ्देन, सावित्रा इङ्नाम, एन्जा हाङगाम, अम्विका लिङ्देन रहेका छन् ।

राजेन्द्रप्रसाद लिङ्देन संयोजक र राधा सुव्वा, जनबहादुर जवेगू, धनराज याक्सो, धर्म लक्सम्वा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको थियो ।

संस्थाका अध्यक्ष धर्म लक्सम्वाको अध्यक्षता तथा किरात याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद् सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगर सदस्य प्रेमचन्द्र लिम्वूले स्वागत गरेका थिए ।

कार्यक्रममा  किरात याक्थुङ चुम्लुङ जिल्ला सदस्य जनबहादुर जवेगू, पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार राधा सुव्वा, किरात याक्थुङ चुम्लुङ सल्लाहकार संयोजक तथा बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वरिष्ठ सल्लाहकार लोकवन्धु कन्दङ्वा, सल्लाहकार सदस्य तथा बिर्तामोड –६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, किरात याक्थुङ चुम्लुङ ४ नं. वडा समितिका अध्यक्ष गणेश लिङदम, नेवाः देय दवू ः बिर्तामोड नगर सचिव ओमप्रकाश श्रेष्ठ , सुनुवार सेवा समाज बिर्तामोड नगर सचिव रुपनारायण मुखिया, तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद बिर्तामोड अध्यक्ष शलबहादुर गुरुङ,सल्लाहकार सदस्यहरु विष्णुकुमार योङहाङ , मनबहादुर पाहिम, रिमानध्वज लोक्ताम, मृगेन्द्रराज लिङ्देन , धनराज योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष लक्सम्वाले साँगठनिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोती लिम्वूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन राजु यक्पाङदेनले गरेको सुन्दर लिम्वूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार