नेकपा र कांग्रेसका दर्जनौं कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र लिम्बुवान परित्या गरी चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

विहीबार जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति इलामले इलाम चोक बजारमा आयोजना गरेको वृहत जनसभा कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य सरदसिंह भण्डारी, परसुराम बस्नेत, सुशीला श्रेष्ठ, प्रदेश १ अध्यक्ष  प्रविण चाम्लिङ, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य निर्मला तावालगायत नेताहरुले अबिर र खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार