अग्नी पीडित सुर्यबहादुरलाई एक दम्पतीद्वारा १ रोपनी जग्गा प्रदान

  प्रकाश पाक्साँवा
0 Shares

तेह्रथुम : अग्नी पीडित तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामाराका सुर्यबहादुर लिम्बुलाई स्थानीय एक दम्पतीले १ रोपनी जग्गा प्रदान गरेका छन ।

आगालागीका कारण विचल्ली भएका लिम्बुलाई स्थानीय लाखबहादुर ईमेहाङ र उनका श्रीमती मनु तुम्सा ईमेहाङले १ रोपनी जग्गा प्रदान गरेका हुन । आगालागीका कारण २ वटा घर १ गोठ जल्दा १० लाख बराबरको क्षति भएको थियो ।

जग्गा प्रदान पछी आर्थीक रुपमा विपन्न परिवारका पीडित लिम्बुको घर बनाउन राहात मिलेको छ । जग्गा सँगै पीडितका निम्ती बिभीन्न देशबाट घर निमार्णका लागी रकम संकलन भएको छ । रकम संकलन सँगै लिम्बुको घर निमार्ण कार्य अन्तिम चरमा पुगेको आगालागी पीडित सहयोग अभीयान समिती संयोजक मनु लिम्बुले बताईन ।

छथर गाउँपालिकाले आपतकालिन रुपमा खाद्यन्य,लत्ताकपडा,भाडावर्तन र घर निमार्णका लागी जस्तापाता प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार